परासी । नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं. २ को सभापतिमा लुम्बिनी प्रदेश सासद बैजनाथ कलवार जयसवाल निर्वाचित भएका छन् । कलवारले ५ सय ७२ मत ल्याई निर्वाचित भएका हुन् । उनको अर्का प्रतिद्वन्दि सभापतिका उम्मेदवार यामप्रसाद भूसाल (दिपक) ले ३ सय ९५ मत पाएका छन ।कलवारले भुसालभन्दा १ सय ७७ मतले पछि पार्दै कलवार निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै सचिव पदमा धनपत यादव निर्वाचित भएका छन ।यादवले ५ सय २ मत पाउँदा प्रतिस्पर्धी कुश्माखर चापागाईँले ४ सय ४० मत ल्याएर पराजित भएका छन् । खुलातर्फको सहसचिवमा उपेन्द्र गुप्ता निर्वाचित भएका छन् । गुप्ताले ४ सय ७२ मत पाउँदा प्रतिद्वन्द्वी रमेश कर्माचार्यले ४ सय ६० मत पाएर पराजित भएका छन् ।
सहसचिव महिलामा यसअघि ज्ञानकुमारी चौधरी सर्वसम्मत रूपमा चयन भएकी छिन् । कार्यसमितिका अन्य सदस्य पदसमेत सर्वसम्मत भईसकेको छ ।
पदाधिकारीमा सहमति हुन नसकेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र अर्का केन्द्रीय सदस्य राधेश्याम पाठक प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचित सभापति कलवार र सहसचिव गुप्ता कँडेल पक्षका हुन भने सचिव पदमा निर्वाचित यादव र सर्वसम्मत सहसचिव चौधरी थापा पक्षका हुन् ।
अहिले महाधिवेशन प्रतिनिधिको मत गणना भइरहेको छ । दुई प्रदेश अन्तर्गतका क्षेत्रीय समितिको मत गणना पनि सुरू गरिने निर्वाचन समितिले जनाएको छ ।




