२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शेरबहादुर देउवा समूहले नवलपरासीमा संयाेजकमा

शेरबहादुर देउवा समूहले नवलपरासीमा संयाेजकमा

शेरबहादुर देउवा समूहले नवलपरासीमा संयाेजकमा

शेरबहादुर देउवा समूहले नवलपरासीमा संयाेजकमा

शेरबहादुर देउवा समूहले नवलपरासीमा संयाेजकमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • चापागाईं जिम्मेवारी दियाे

    परासी  । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिने क्रममा शेरबहादुर देउवा समूहले पश्चिम नवलपरासीमा जिल्ला संयोजक पठाएको छ । समूहले जिल्लाको संयोजकमा धर्मदत्त चापागाईंलाई जिम्मेवारी दिएको हाे .

    कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका केन्द्रीय संयोजक डा. शशांक कोइरालाले नवलपरासी जिल्लामा महाधिवेशनसम्बन्धी गतिविधि अघि बढाउन चापागाईंलाई जिल्ला संयोजकमा मनोनयन गरेका हुन ।

    पार्टीका केन्द्रीय प्रतिनिधि विकास घिमिरेको अध्यक्षता तथा ट्रेड युनियन कांग्रेसका केन्द्रीय सल्लाहकार अयोध्या यादवको विशेष उपस्थितिमा बसेको समूहको बैठकले सुनवल निवासी चापागाईंलाई जिल्ला संयोजकका लागि सिफारिस गरेको थियो ।

    ट्रेड युनियन आन्दोलनमा लामो समयदेखि सक्रिय चापागाईं नेपाल निर्माण सम्बद्ध श्रमिक संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै हाल दोस्रो कार्यकाल केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

    यसैगरी देउवा समूहले पश्चिम नवलपरासीका दुवै संघीय निर्वाचन क्षेत्रको संयोजकसमेत तोकेको छ । केन्द्रीय प्रतिनिधि घिमिरेका अनुसार क्षेत्र नं. १ को संयोजकमा राजुप्रसाद अधिकारी र क्षेत्र नं. २ को संयोजकमा इन्जिनियर विक्रम रानालाई जिम्मेवारी दिइएको छ ।

    प्रतापपुर–६ निवासी अधिकारी कांग्रेसको १४औँ महाधिवेशनबाट पालिका उपसभापतिमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, सुनवल–७ निवासी राना विद्यार्थी राजनीतिमा सक्रिय रहँदै थिए ।


    देउवा समूहले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकाअनुसार पश्चिम नवलपरासीमा वडा अधिवेशनको उद्घाटन समारोह भोलि आयोजना गरिनेछ । आगामी १८ गते जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ ।

    जिल्ला तथा क्षेत्रीय संयोजक तोकिएसँगै देउवा समूहले महाधिवेशनको तयारी र संगठनात्मक गतिविधिलाई अघि बढाउने जनाएको छ । वडा अधिवेशनबाट सुरु हुने समानान्तर महाधिवेशन प्रक्रियाले जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि थप रोचक बनाउने देखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij