२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस अधिवेशनमा इन्जिनियरहरूको उल्लेख्य उपस्थिति, विभिन्न तहमा विजयी

कांग्रेस अधिवेशनमा इन्जिनियरहरूको उल्लेख्य उपस्थिति, विभिन्न तहमा विजयी

कांग्रेस अधिवेशनमा इन्जिनियरहरूको उल्लेख्य उपस्थिति, विभिन्न तहमा विजयी

कांग्रेस अधिवेशनमा इन्जिनियरहरूको उल्लेख्य उपस्थिति, विभिन्न तहमा विजयी

कांग्रेस अधिवेशनमा इन्जिनियरहरूको उल्लेख्य उपस्थिति, विभिन्न तहमा विजयी
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहमा सम्पन्न अधिवेशनबाट इन्जिनियरिङ तथा प्राविधिक पृष्ठभूमिका उम्मेदवारहरूले उल्लेख्य सफलता हासिल गरेका छन्।

    रुपन्देही, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र बुटवलमा सम्पन्न अधिवेशनबाट इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका उम्मेदवारहरू केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र नगर सचिवमा निर्वाचित भएका छन्।

    प्राप्त विवरणअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिमा रुपन्देही क्षेत्र नम्बर २ बाट इन्जिनियर कुसुमराज ज्ञवाली र इन्जिनियर अमित खनाल, गुल्मी क्षेत्र नम्बर १ बाट इन्जिनियर अमृत ज्ञवाली र इन्जिनियर अर्जुन महोत्रा, रुपन्देही क्षेत्र नम्बर ३ बाट इन्जिनियर प्रवेश पौडेल, गुल्मी क्षेत्र नम्बर २ बाट इन्जिनियर सन्तोष कुँवर र इन्जिनियर शिव भट्टराई तथा प्युठान क्षेत्र नम्बर १ बाट इन्जिनियर कुमार आचार्य निर्वाचित भएका छन्।

    त्यस्तै रोल्पाबाट इन्जिनियर हुकुम बुढा र पाल्पा क्षेत्र नम्बर २ बाट इन्जिनियर सागर बस्याल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

    प्रदेश प्रतिनिधिमा रुपन्देही क्षेत्र नम्बर २(ख) बाट इन्जिनियर शिवप्रसाद तिवारी, पाल्पा क्षेत्र नम्बर २(ख) बाट इन्जिनियर दिनेश भट्टराई, गुल्मी क्षेत्र नम्बर १(क) बाट इन्जिनियर विवेक ज्ञवाली तथा पाल्पा क्षेत्र नम्बर २(ख) बाट इन्जिनियर जगदीश नेपाल निर्वाचित भएका छन्।

    यसैगरी बुटवल उपमहानगरपालिकाको सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित भएका छन्।

    पछिल्लो समय नेपाली कांग्रेसमा प्राविधिक तथा पेशागत पृष्ठभूमिका युवाहरूको सहभागिता बढ्दै गएको देखिएको छ। विभिन्न तहका अधिवेशनमा इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका व्यक्तिहरू निर्वाचित हुनुले पार्टी संगठनमा नयाँ पुस्ता र पेशागत क्षेत्रको प्रतिनिधित्व थप बलियो भएको देखिएको छ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij