२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस महाधिवेशनको बन्दसत्र आज, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै

कांग्रेस महाधिवेशनको बन्दसत्र आज, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै

कांग्रेस महाधिवेशनको बन्दसत्र आज, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै

कांग्रेस महाधिवेशनको बन्दसत्र आज, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै

कांग्रेस महाधिवेशनको बन्दसत्र आज, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • कांग्रेस महाधिवेशनको बन्दसत्र आज, निर्वाचन प्रक्रिया पनि सुरु हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा हुने बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुनेछन्।

    बन्दसत्रमा देशभरबाट करिब ७ हजार ५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराउने कार्यक्रम तय गरिएको छ।

    महाधिवेशनको उद्घाटन समारोह सोमबार खुलामञ्चमै सम्पन्न भएको थियो। उद्घाटनपछि आजबाट बन्दसत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि अघि बढ्ने भएको हो।

    आजै मतदाता नामावली प्रकाशन

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन गरिनेछ। प्रकाशित नामावलीमाथि दाबी–विरोधका लागि साँझ ५ बजेदेखि ६ः३० बजेसम्मको समय तोकिएको छ।

    दाबी–विरोधपछि आजै राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

    निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। त्यसपछि अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।

    उम्मेदवारीमाथि दाबी–विरोधका लागि अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्मको समय छुट्याइएको छ। दाबी–विरोधपछि सोही दिन बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

    असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिको तालिकामा उल्लेख छ। सो दिन उम्मेदवारहरूले दिनभर प्रचारप्रसार गर्न पाउनेछन्।

    असोज २२ गते मतदान

    कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुनेछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

    मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा सञ्चालन गरिने निर्वाचन समितिले जनाएको छ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ।

    कांग्रेसका एक पदाधिकारीका अनुसार यसपटकको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छैन। मतदान परम्परागत मतपत्रबाटै हुने भएको छ।

    यससँगै आजबाट सुरु हुने बन्दसत्रले पार्टीका सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल अघि बढाउनेछ भने समानान्तर रूपमा निर्वाचन प्रक्रियासमेत अगाडि बढ्नेछ। करिब ७ हजार ५ सय प्रतिनिधिको सहभागितामा हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्नेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij