२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सभापतिमा उमेदवारी घोषणा गर्दै राठौरले भने– बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन

सभापतिमा उमेदवारी घोषणा गर्दै राठौरले भने– बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन

सभापतिमा उमेदवारी घोषणा गर्दै राठौरले भने– बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन

सभापतिमा उमेदवारी घोषणा गर्दै राठौरले भने– बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन

सभापतिमा उमेदवारी घोषणा गर्दै राठौरले भने– बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार (असोज २०) काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उमेदवारी घोषणा गर्दा नै उनले आफूले जिते मात्र कांग्रेसलाई फुटबाट जोगाउन सकिने जिकिर गरे ।

    बीपी कोइराला, गणेशमान सिंह, नोना कोइराला, महेन्द्रनारायण निधिका छोराहरू नअटाएसम्म कांग्रेसको बृहत्तर एकता नहुने उनले बताए । “बीपीको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमानको छोरा नअट्ने कांग्रेस हुन सक्दैन । नोनाआमाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा नअट्ने कांग्रेस हुन सक्दैन,” राठौरले भने, “उनीहरूलाई बाहिर राखेर जुन महाधिवेशन गर्न खोजिँदै छ, त्यसको परिणाम आगामी स्थानीय तह चुनावमा पाँच महिनामै देखिन थाल्नेछ ।”

    उनले कांग्रेसलाई एकताबद्ध बनाएर पुरानै शक्तिका रूपमा स्थापिन गर्न आफू सभापतिको उमेदवार बन्न लागेको बताए । “म सभापति निर्वाचित भए भने फरक–फरक अधिवेशन गरे पनि पार्टीलाई एक बनाउनेछु । मेचीदेखि महाकालीसम्मका नेता–कार्यकर्तालाई एउटै धागोमा उन्नेछु,” उनले भने, “म सभापति भएपछि पार्टीलाई पुनः त्याग, बलिदान र संघर्षको पुरानो बाटोमा फर्काउनेछु ।”

    सभापतिमा कसलाई छान्ने भन्ने निर्णय गर्न पार्टीका नेता–कार्यकर्ता स्वतन्त्रता रहेका उनले उल्लेख गरे । “कार्यकर्ता दास हुनु भएन । कस्तो नेतृत्व बन्ने त्यो कार्यकर्ताकै निर्णयबाट तय हुने हो,” राठौरले भने, “किचन क्याबिनेट नै निर्वाचित हुन्छ भने पनि त्यो गगनजी (गगन थापा)को दोष हुँदैन, निर्वाचित गर्छन् भने कार्यकर्ताको दोष हुन्छ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij