काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उद्योगपति विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
राष्ट्रिय सभागृहमा केही समय अघि उनले उम्मेदवारी दर्ता गरेका हुन् । यतिबेला नेताहरूले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् ।
केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।




