२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेस महाधिवेशनमा उमेशचन्द्र यादवको केन्द्रीय सदस्य ( मधेसी तर्फ ) मा उम्मेदवारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३

  • नवलपरासी । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा युवा नेता उमेशचन्द्र यादवले केन्द्रीय सदस्य (मधेसी कोटा) तर्फ उम्मेदवारी दर्ता गराएका छन्।
    प्रतापपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका यादवले पार्टीभित्र युवाको सहभागिता र मधेसमा कांग्रेसको संगठनलाई थप सक्रिय बनाउने विषयलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा अघि सारेका छन्।
    किसानका मुद्दालाई लामो समयदेखि प्राथमिकताका साथ उठाउँदै आएका यादव उखु किसान आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नेता हुन्। उनले उखु किसानका समस्या समाधानका लागि देशव्यापी रूपमा आवाज उठाउँदै आएका छन्। यादव नेपाल उखु उत्पादक किसान महासंघका केन्द्रीय प्रवक्तासमेत हुन्।
    महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै यादवले कांग्रेसलाई बदलिँदो समयअनुकूल नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका छन्। विशेषगरी युवालाई पार्टीसँग जोड्ने, संगठनलाई थप गतिशील बनाउने तथा मधेसमा कांग्रेसको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।
    स्थानीय राजनीतिमा सक्रिय यादव प्रतापपुर गाउँपालिकाको नेतृत्व गर्दै आएका छन्। स्थानीय तहमा काम गरेको अनुभव र किसानका मुद्दामा सक्रिय भूमिकालाई उनले पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो आधारका रूपमा प्रस्तुत गरेका छन्।
    १५औँ महाधिवेशनमा मधेसी कोटाबाट केन्द्रीय सदस्यका लागि यादवको उम्मेदवारीसँगै कांग्रेसभित्र युवा नेतृत्व, किसानका मुद्दा र मधेसकेन्द्रित संगठन सुदृढीकरण का विषयसमेत चर्चामा आएका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij