बुटवल । नेपाली कांग्रेसका नेता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी दर्ता गराएका छन्।
पाण्डेयले खुलातर्फ ४५ जना केन्द्रीय सदस्यका लागि हुने निर्वाचनमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको जानकारी दिएका हुन्।
उम्मेदवारी दर्तापछि पाण्डेयले महाधिवेशन प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग आफूलाई माया, आशीर्वाद र मतदानका लागि आग्रह गरेका छन्।
पाण्डेय रुपन्देही क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधिसमेत हुन्। उनी बुटवल उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा कार्यरत छन्।




