२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३० वर्षीय युवा यादव  जसपा नेपालका लुम्बिनी प्रदेश सदस्यमा चयन

३० वर्षीय युवा यादव  जसपा नेपालका लुम्बिनी प्रदेश सदस्यमा चयन

३० वर्षीय युवा यादव  जसपा नेपालका लुम्बिनी प्रदेश सदस्यमा चयन

३० वर्षीय युवा यादव  जसपा नेपालका लुम्बिनी प्रदेश सदस्यमा चयन

३० वर्षीय युवा यादव  जसपा नेपालका लुम्बिनी प्रदेश सदस्यमा चयन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • परासी । जनता समाजवादी पार्टी (जसपा) नेपालमा ३० वर्षमै युवा सुभास यादव लुम्बिनी प्रदेश सदस्यमा चयन भएका छन । जसपाले युवा पुस्ताको सहभागितालाई प्राथमिकता दिँदै यादवलाई ३० बर्षको उमेरका लुम्बिनी प्रदेश सदस्यमा चयन गरेको हो ।जसपा नेपालले लुम्बिनी प्रदेशमा आफ्नो संगठनलाई थप सुदृढ बनाउने क्रममा युवा नेतृत्व र सहभागितालाई पनि महत्व दिँदै यादवलाई सदस्य चयन गरेको जसपा नेपालले जनाएको छ  । 

    १५ वर्षकै उमेरमा विद्यार्थी कालदेखि राजनीतिमा होमिएका रामग्रामा ४ का ३० वर्षीय युवा सुवासचन्द्र यादव जसपा नेपालको लुम्बिनी प्रदेश समिति सदस्य पदमा चयन भए ।उनी सानै उमेरमाबाट तपलोपाबाट आफनो राजनीति  सुरू गरेका हुन् । उनी २०६८ सालदेखि राजनीति सुरु गरेका हुन यादव तपलोपाको वडा ईकाई सभापति, त्यसपछि उनी जसपा नेपालको जिल्ला सदस्य ,जसपाको युवा संगठनका केन्द्रीय सदस्य हुँदै   जसपा नेपालका लुम्बिनी प्रदेश सदस्य चयन भएको बताए ।

    उनले युवा पुस्ताको आवाज र पुस्तान्तरणको विषयलाई पार्टीमा लागू गराउने र जनताका सवाललाई प्राथमिकता दिएर अघि बढ्ने प्रदेश सदस्य यादवले बताए ।  यादवले समाज परिवर्तनका लागि युवा नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिए । यादवको राजनीतिक सक्रियताले स्थानीय तहदेखि प्रदेशस्तरसम्म युवा सहभागिताको विषयलाई पनि जोड दिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij