२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कांग्रेसको बन्दसत्र वर्षाले प्रभावित

कांग्रेसको बन्दसत्र वर्षाले प्रभावित

कांग्रेसको बन्दसत्र वर्षाले प्रभावित

कांग्रेसको बन्दसत्र वर्षाले प्रभावित

कांग्रेसको बन्दसत्र वर्षाले प्रभावित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौं । वर्षाका कारण नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ ।

    आजको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए ।

    बिहान साढे १० बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकिरहेका छैनन् ।


    कांग्रेसले बन्द सत्र खुलामञ्चमा गरिरहेको छ । भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ । भोलि बिहान मतदान हुँदै छ ।

    बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए । उनका अनुसार यसअघि विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो ।

    बन्द सत्रको लाइभ नेपाली कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गर्ने उनले जानकारी दिए। साथै अन्य मिडियाहरूलेसमेत बन्द सत्रलाई प्रत्यक्ष प्रसारण गर्न पाउने छन् ।

    बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij