२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१

  • बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्।
    हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गरे। 


    लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो शहरका रुपमा विकसित गर्दै रात्रीकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रुप लिदै गरेको बताए। उनले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरुमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरु जडान गरेको बताए।  


    उनले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरुमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए। प्रमुख पाण्डेयका अनुसार बुटवललाई उज्यालो शहर, हरियालीयुक्त शहर, सफा शहरका रुपमा स्थापित गर्नका लागि काम भइरहेको छ। मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरुमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेका उनले बताए। 


    बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन्। 

    IMG-20240730-WA0001.jpg


    त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन्। यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए। 

    IMG-20240730-WA0002.jpg


    उनका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयांमा नेपाल पावर सोलुसन प्रालि हेटौडासंग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भइ फागुन २ गते शिलान्यास भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij