२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

परियार सेवा समाज रुपन्देहीको अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत

परियार सेवा समाज रुपन्देहीको अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत

परियार सेवा समाज रुपन्देहीको अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत

परियार सेवा समाज रुपन्देहीको अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत

परियार सेवा समाज रुपन्देहीको अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • बुटवल । परियार सेवा समाज रुपन्देहीको तेस्रो अधिवेशन तथा दोस्रो साधारणसभाबाट अध्यक्ष पदमा पुनः लोक बहादुर नेपाली सर्वसम्मत चयन भएका छन् । 


    समाजको बुधबार सम्पन्न अधिवेशनबाट अध्यक्ष नेपालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो । जसको प्रथम उपाध्यक्षमा नरेन्द्र दर्जी, द्वितीय उपाध्यक्षमा शान्ता रणपाल, तृतीय उपाध्यक्ष उपाध्यक्षमा लक्ष्मण सुनाम र प्रताप परियार, सचिवमा कमल छिनाल, सहसचिवमा सन्जित बुढापृथी, कोषाध्यक्षमा राजु छिनाल र सहकोषाध्यक्षमा लिला बहादुर दमाई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 


    त्यस्तैगरी कार्यसमिति सदस्यहरुम सिताराम रणपाल, प्रेम नेपाली, जनक बहादुर दमाई, जीवन दर्जी, रिना दर्जी, सिर्जना बुढापृथी, सुमन नेपाली, दमिन बराल, शंकर परियार, सन्दीप परियार, काशिराम परियार र विष्णु नेपाली चयन भएका छन् । 


    उक्त अधिवेशनमा निर्वाचन मण्डलको संयोजक राम कुमार रणपाल रहेका थिए  भने सदस्यहरुमा सरोज गौतम, रामु परियार,पूर्ण बहादुर परियार,राजु बराह रहेका थिए । 
    समाजको बुटवल-६ सुन्दरनगरस्थित आफ्नै भवनमा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई  खडक दर्नालले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए  ।  


    सपथपछि नवनिर्वाचित अध्यक्ष लोक बहादुर नेपालीले बोल्दै परियार समुदायको हकहित, उत्थान, विकास र संरक्षणका लागि आफू र आफ्नो सिङ्गो टिम निरन्तर लाग्ने बताए । उनले सबैको साथ ra सहयोगले गर्दा समाजले भवन निर्माण गर्न सफल भएकोले आगामी दिन अझै राम्रो बनाउनका लागि  सबैको सुझाव र साथ जरुरी रहेको बताए । 


    दुई दिन सम्म चलेको कार्यक्रममा आगामी नेतृत्वका लागि पदाधिकारीको पदमा  धेरै जनाको उम्मेदवारी परेपछि मंगलबार सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयको सहमतिमा बुधबार राती अबेरसम्ममा सहमति जुटेपछि  सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । 
    कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई राम कुमार रणपाल, तिलक नेपाली र रामु परियारले बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 


    परियार सेवा समाजले देशभर सबै जिल्लाहरुमा अधिवेशन गर्दै यही भदौ १४ र १५ गते काठमाडौंमा भव्य समारोहका साथ  र्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij