२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी

त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी

त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी

त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी

त्रिशूली नदीमा बेपत्ता यात्रुको खोजी गर्न चीनलाई गुहार्ने सरकारको तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • बुटवल । सरकारले चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीका लागि चीनलाई गुहार्ने तयारी गरेको छ । 

    बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकमा गृहसचिव एकनारायण अर्यालले सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र बेपत्ता यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।

    'सिमलताल दुर्घटनामा बेपत्ता भएकामध्ये २४ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत हुन बाँकी छ,' गृहसचिव अर्यालले भने, '३५ जना अझै बेपत्ता छन् । उनीहरूको खोजीका लागि चीन सरकारलाई अनुरोध गर्ने तयारी गरेका छौँ ।'

    गृहसचिव अर्यालले २ सय ५० किलोमिटरभन्दा बढी चल्ने सवारीमा दुई जना चालक अनिवार्य गर्ने तयारी गरिएको बताए । उनका अनुसार यात्रा गर्दा यात्रुको टिकट अनिवार्य गर्न पनि यातायात व्यवसायीलाई भनिएको छ ।

    यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो । तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो ।


    गत २८ असारमा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको बस सिमलताल आएको पहिरोमा परेर त्रिशूली खसेका थिए ।

    बसमा सवार ६५ जनामध्ये तीन जना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij