२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित

पेरिस ओलम्पिकमा प्रिन्स दाहाल लगातार तेस्रो खेलमा पराजित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १६ २०८१
बुधवार, श्रावण १६ २०८१
  • काठमाण्डाै । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह 'पी' को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१–१२ र २१–१० ले पराजित भए । प्रिन्स विश्व वरीयताको एक सय ७२ औँ र इजरायलका जिलबरमन ५८ औँ स्थानमा छन् ।

    यसअघि प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुईमा रहेका डनेमार्कका भिक्टर एक्सेल्सेनसँग र दोस्रो खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ सहभागिता जनाएको हो ।

    पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सात जना खेलाडी सहभागी भएकामा पाँच जनाको खेल सकिइसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

    अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij