२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका नेता याहया सिन्वारविरूद्ध पक्राउ पुर्जी जारी

मंगलवार, जेठ ८ २०८१
मंगलवार, जेठ ८ २०८१
  • अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का प्रमुख अभियोजक करिम खानले युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका नेता याहया सिन्वारविरूद्ध पक्राउ पुर्जी जारी गर्न निवेदन दिएका छन्।

    अक्टोबर ७ मा इसराइलमाथि भएको हमला र त्यसपछि गजा क्षेत्रमा भएको हमलामा मानवताविरूद्धको अपराध र युद्ध अपराध गरेको भन्दै प्रमुख अभियोजक खानले नेदरल्याण्ड्सको हेगस्थित आइसिसीमा निवेदन दिएको

    अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ। खानले सोमबार यसबारे सिएनएनसँग अन्तर्वार्ता समेत दिएका छन्।

    इसराइलका रक्षामन्त्री याओभ गालान्ट, हमासका अन्य दुई उच्च पदस्थ नेता मोहम्मद दाइब इब्राहिम अल-मस्री र इस्माइल हानियाविरूद्ध पनि पुर्जी जारी गर्न माग गरेको हो।

    यसरी परेको निवेदनमाथि आइसिसीकै न्यायाधीशहरूको इजलासले निर्णय गर्नेछ।

    खानका अनुसार सिन्वार, हानिया र अल-मस्रीविरूद्ध हत्या, बन्धक बनाएको, बलात्कार, बन्धक बनाइएकामाथि यौन हिंसा लगायतका आरोप छन्।

    त्यस्तै इसराइली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री गालान्टविरूद्ध हत्या, युद्ध लड्न भोकमरी गराएको, मानवीय राहत आपूर्ति गर्न अस्वीकार गरेको, नागरिकमाथि आक्रमण गरेको लगायत आरोप छन्।

    इसराइल र संयुक्‍त राज्य अमेरिका आइसिसीका सदस्य छैनन्। यद्यपि आइसिसीले प्यालेस्टाइनको गजा, पूर्वी जेरूसलेम र वेस्ट बैंक आफ्नो क्षेत्राधिकारभित्र पर्ने दाबी गरेको छ।

    सन् २०१५ मा प्यालेस्टाइनी नेताहरूले आइसिसीको संस्थापक सिद्धान्तलाई पालना गर्न स्वीकार गरेका थिए। 

    नेतान्याहु लगायतविरूद्ध पक्राउ पुर्जी जारी भएमा रोम सन्धिमा हस्ताक्षर गरेका १२४ राष्ट्रमा गए पक्राउ पर्न सक्छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij