दाङ । दाङमा ब्रेक फेल हुँदा ट्रक दुर्घटनामा परेकाे छ ।
छड बाेकेर लमहीबाट घाेराही जाँदै गरेकाे ना ६ ख १६५३ नम्बरको ट्रक घाेराही उपमहानगरपालिका-३ चाैपट्टामा ब्रेक फेल हुदा भएको दुर्घटनामा परी शिवराज नगरपालिका ५ कपिलवस्तु निवासी चालक हरिबहादुर खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते चालककाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।




