२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

बिरामीलाई १० गुणा बढी किमाे दिएपछि मृत्यु भएकाे पुष्टि, २ जना नर्स निलम्बनमा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • चितवन  । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु प्रकरणमा दुई जना नर्स निलम्बनमा परेका छन् ।

    क्यान्सरका बिरामीलाई आवश्यकभन्दा धेरै मात्रामा किमो दिएपछि मृत्यु भएको थियो । नर्सहरू प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरिएको अस्पतालले जनाएको छ । यस्तै दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण मागेर सचेत गराइएको अस्पतालले जनाएको छ ।

    अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा १० गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए ।

    अस्पतालले दिएको जानकारीअनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उनको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा धेरै किमो दिएपछि गुरुङको गएको असार १३ गते मृत्यु भएको महतोले बताए । बिरामीको उपचारमा लापर्बाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई जना चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टीकरण मागेको छ ।

    अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij