२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

दैनिक लुम्बिनीको सह-सम्पादकमा टीआर शर्मा नियुक्त

दैनिक लुम्बिनीको सह-सम्पादकमा टीआर शर्मा नियुक्त

अनलाईन संस्करणकाे जिम्मेवारी आचार्यलाई

दैनिक लुम्बिनीको सह-सम्पादकमा टीआर शर्मा नियुक्त

दैनिक लुम्बिनीको सह-सम्पादकमा टीआर शर्मा नियुक्त

अनलाईन संस्करणकाे जिम्मेवारी आचार्यलाई

दैनिक लुम्बिनीको सह-सम्पादकमा टीआर शर्मा नियुक्त
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १७ २०८१
बिहिवार, श्रावण १७ २०८१
  • बुटवल । निजी क्षेत्रबाट निरन्तर प्रकाशित पहिलो राष्ट्रिय दैनिक लुम्बिनीको सह-सम्पादकमा टोपराज (टिआर) शर्मा नियुक्त भएका छन् । सिद्धार्थ पब्लिकेसन्स प्रालि सञ्चालक समितिको बैठकले शर्मालाई सह-सम्पादकमा नियुक्त गर्ने निणर्य गरेको हो । 


    २०६१ सालदेखि पत्रकारितामा निरन्तर क्रियाशील शर्माले पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता विषयअन्तर्गत मिडिया  म्यानेजमेन्ट टेक्नोलोजीमा स्नातकोत्तर  गरेका छन् । शर्मा  यसअघि २०७१ देखि २०७३ सम्म पनि दैनिक लुम्बिनीमा आबद्ध थिए । 


    यसैगरी, सिद्धार्थ पब्लिकेसन्स प्रालिअन्तर्गत प्रकाशित  लुम्बिनी पत्रिका अनलाइनको संयोजकमा आचार्य  प्रदीपलाई जिम्मेवारी दिइएको छ ।

    IMG-20240801-WA0009.jpg


     त्यसैगरी, प्रालिको बजार व्यवस्थापकमा सुवर्ण काफ्लेलाई जिम्मेवारी दिएको प्रबन्ध सञ्चालक महेश रिजालले जानकारी दिए ।

    IMG_20240801_160907.jpg


     प्रालि सञ्चालक समितिले एक कार्यक्रमका बीच तीनै जनालाई संस्थामा स्वागत गरेको छ । 

    सो अवसरमा प्रालिका अध्यक्ष मोहन चापागाईं,  सम्पादक शेरबहादुर केसी, सल्लाहकार एवं पूर्व अध्यक्ष एमबी विश्वकर्मा र प्रबन्ध सञ्चालक महेश रिजालले शर्माको नियुक्तिसँगै पत्रिका थप परिस्कृत हुने विश्वास व्यक्त गरे । उनले  पत्रिकाकाे अनलाइनलाई थप परिस्कृत बनाउनमा आचार्यले भूमिका खेल्ने उल्लेख गरे।


     नवनियुक्त सह-सम्पादक शर्माले समाजप्रति जिम्मेवार, जवाफदेही रहेर आम नागरिकका रूचि अपेक्षालाई मनन् गरी मर्यादित पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij