२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अवैध लागूऔषधसहित पाँच जना पक्राउ
शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।   

    जसमा मोरङ, विराटनगर महानगरपालिका-१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ८० ग्राम र नगद २ लाख ४१ हजार ५ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

    त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-८ बस्ने ४३ वर्षीय अनिल भर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ सथवल बस्ने २७ वर्षीय हरी गौरब रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ५८३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो । 

    त्यसैगरी झापा, शिवसताक्षी नगरपालिका-८ रत्न चोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

    त्यस्तै पर्सा, ठोरी गाउँपालिका-२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार अनिताको श्रीमान् नन्दु गुरोको प्रहरीले खोजी गररहेको छ ।  

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij