कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा स्व. वक्तवारीदेवी गोयल कल्याणकारी कोषले शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
युनिभर्सल मेडिकल कलेज भैरहवाको सहकार्यमा कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
शनिबार विहान ९ः३० बजे देखि संचालन हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परिक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग, अल्ट्रासाउण्ड लगाएतको परिक्षण तथा निःशुल्क उपचार साथै निशुल्क औषधी वितरण समेत हुने ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।
उक्त निःशुल्क स्वास्थ्य सिविरमा उपस्थित भई आफ्नो स्वास्थ्य परिक्षण गराई यस अवसरको फाईदा उठाउनु सकिने छ ।
यस शिविरमा उपस्थित भई नाम लेखाउनु भएका विरामिले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल मेडिकल कलेज भैरहवाले विशेष छुट तथा सहुलियत दरमा विरामी उपचार समेत गर्ने ट्रसका अध्यक्ष गोयलले बताए ।
क्त निशुल्क स्वास्थ्य सिविर विहान ९ बजे देखि साँझा ६ बजे सम्म संचालन हुने छ ।




