२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भ्रष्टाचारकाण्डले कांग्रेस र एमालेलाई रातारात मिलायो : पूर्वमन्त्री त्रिपाठी

भ्रष्टाचारकाण्डले कांग्रेस र एमालेलाई रातारात मिलायो : पूर्वमन्त्री त्रिपाठी

भ्रष्टाचारकाण्डले कांग्रेस र एमालेलाई रातारात मिलायो : पूर्वमन्त्री त्रिपाठी

भ्रष्टाचारकाण्डले कांग्रेस र एमालेलाई रातारात मिलायो : पूर्वमन्त्री त्रिपाठी

भ्रष्टाचारकाण्डले कांग्रेस र एमालेलाई रातारात मिलायो :  पूर्वमन्त्री त्रिपाठी
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शनिवार, श्रावण १९ २०८१
शनिवार, श्रावण १९ २०८१
  •  

     

    परासी ।  पूर्वमन्त्री हृदयेश त्रिपाठीले भ्रष्टाचार काण्डका कारण कांग्रेस र एमालेलाई रातारात मिलाएको आरोप लगाएका छन् ।

    आफ्नो नेतृत्वको जनता प्रगतिशिल पार्टी नवलपरासी क्षेत्र नं. १ ले शनिबार प्रतापपुरको बेलाटारीमा आयोजना गरेको कार्यकर्ता सम्मेलनलाई सम्बोधन गदै यस्तो बताएका हुन ।

    र्त्रिपाठीले बाँसबारी काण्डदेखि गिरीबन्धु चिया बगानसहितका १४ वटा भ्रष्टाचारका मुद्दा बाहिर आउन थालेपछि दुई ठूला पार्टीले रातारात गठबन्धन गरेको आरोप लगाएका हुन् ।

    सबैभन्दा बढी कांग्रेस एमाले नै सत्तामा रहेको र उनीहरुले नै ठूला भ्रष्टाचार गरेकाले अहिले संविधान संशोधनको बहाना बनाएर भ्रष्टाचारलाई ढाकछोप गर्न गठबन्धन गरेको उनको आरोप थियो ।

    पछिल्लो पटक ८ अर्ब भुक्तानी गर्न बाँकी रहेका उद्योगको विद्युत लाइन जोड्न दिने विषयले पनि यि दुई ठूला पार्टी भ्रष्टाचारलाई छाकछोप गर्न गएको प्रष्ट हुने त्रिपाठीको तर्क थियो । 

     संविधान संशोधन गर्छौ भनेर सत्तामा गएका छन् । त्यसको स्वागत गर्छौ । तर,, अहिले भएका जनताका अधिकारी कटौती गर्छन् वा नपाएका अधिकारलाई संविधानमा समावेश गर्छन् ? त्यसलाई नजिकबाट हेरेका छौं । ’ त्रिपाठीले भने ।

    समानुपातिक प्रणालीका कारण सरकार स्थायी भएन भन्नु गलत भएको उनको तर्क थियो ।  समानुपातिक आफैंमा खराब होइन तर, आफन्त र पैसा हुनेलाई राख्दा प्रणाली नै खराब भएको सन्देश दुई पार्टीले दिएका छन् । त्यसैले समानुपातिकको मर्मअनुसार अघि बढ्न जरुरी छ । ’ त्रिपाठीले भने । 

    क्षत्रिय अध्यक्ष रामप्रित यादवको अध्यक्षतामा सम्पन्न कार्यकर्ता सम्मेलन कार्यव्रmममा पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, पूर्व गाविस अध्यक्ष रामअवतार कोइरी,  रामहरि उपाध्याय, नन्दलाल गुप्ता, विनोद ठाकुर, रामचन्द्र चौधरी, ठगई चौधरीलगायतका नेता कार्यकर्ताले पार्टी संगठनका बारेमा प्रकाश पार्नु भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij