२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै

सुदूरपश्चिममा आज नयाँ सरकार गठन हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ ।  प्रदेश प्रमुख नजिर मियाँले दिएको नयाँ सरकार गठन गर्न आज साँझ ५ बजेसम्मको समय दिएका हुनाले त्यो समय भित्र नयाँ सरकारको दाबि गर्ने तयारी भइरहेको छ ।

    केन्द्रमा कांग्रेस एमालेको नयाँ गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार एमालेको समर्थनमा आज कांग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछ ।

    मुख्यमन्त्रीमा कांग्रेसबाट तीन जनाको दाबी रहे पनि संसदीय दलका नेता कमलबहादुर शाह नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको छ । कांग्रेसबाट प्रकाश देउवा र बहादुरसिंह थापा पनि मुख्यमन्त्रीमा दाबि गरेका छन् । कांग्रेसले मुख्यमन्त्रीको विषय टुंगो लगाउन आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ ।

    सुदूरपश्चिममा कांग्रेस र एमाले बहुमतमा रहेका छन् । ५२ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै सरकारलाई ७ सांसद रहेको नाउपाले पनि समर्थन गर्ने भएको छ ।

    यस बाहेक सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद छन् ।
      

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij