बुटवल । नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा नारावाजी गरे पछि जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ कांग्रेसका सांसदहरु उठेर बिरोध गरेका थिए।
सहकारी समस्याको विषयमा कांग्रेससहितका विपक्षी दलहरुले बिरोध जनाउँदै आएका छन् । संसद बैठकमा आज नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूचि रहेको छ । अव १३ गते नीति तथा कार्यक्रम पारित गर्ने रणनीतिमा सरकार रहेको छ । १५ गते बजेट प्रस्तुत हुने गरी सरकारले तयारी गरेको छ ।




