२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुटवल हस्पिटल प्रा. लि. को सेवा नयाँ भवनमा

बुटवल हस्पिटल प्रा. लि. को सेवा नयाँ भवनमा

बुटवल हस्पिटल प्रा. लि. को सेवा नयाँ भवनमा

बुटवल हस्पिटल प्रा. लि. को सेवा नयाँ भवनमा

बुटवल हस्पिटल प्रा. लि. को सेवा नयाँ भवनमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, जेठ ११ २०८१
शुक्रवार, जेठ ११ २०८१
  • बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो ।
    विगत २४ वर्षदेखि बुटवलको अस्पताललाईनबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरि सेवा विस्तार गरेको हो ।


    सरकारले स्वाथ्य संस्थाहरुलाई पूर्वाधार निमार्णका लागि दिएको समयभित्रै बुटवल हस्पिटलले भवन निर्माण गरी सेवा शुरु गरेको हो । 


    स्वाथ्य क्षेत्रमा आएका आधुनिक उपकरणहरु समेत जडान गरि बुटवल हस्पिटलले एक पटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु संचालनमा ल्याएको छ । जसका कारण ठुला दुर्घटनाहरु भएको खण्डमा पनि बुटवलबाट विरामी रिफर गर्न नपर्ने अवस्था आएको अस्पतालको दावी छ । 


    अहिले अस्पतालमा एक दर्जनभन्दा बढी बिशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन् । करिब २ सय स्वाथ्यकर्मी तथा कर्मचारीहरु रहेका छन् । आसियू, भेन्टिलेटर फिजियो सहितका सुविधा रहेको हस्पिटलको भौतिक संरचना देशकै ठुला अस्पतालहरुकै शैलीमा निमार्ण भएको छ । ५० वेडको स्वीकृत पाएको हस्पिटलले एक सय वेड स्वीकृतीका लागि सम्वन्धीत निकायमा आवेदन पेश गरेको अस्पताललका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले बताए । उनले भने – बुटवल मेडिकल हब हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीले उपकरण, दक्षजनशक्ति र भौतिक पुर्वाधारको समिश्रणमा जोड दिएका छौं, अशा छ अवका दिनमा यहांबाट विरामीहरु सेवा लिन काठमाडौं र भारतीय बजारहरुमा जान रोकिने छ । 


     पश्चिम नेपालकै उपचारका लागि केन्द्र मानिने बुटवलमा प्रविधि, भौतिक पुर्वाधार र दक्षजनशक्तिको सन्तुलन मिले बिरामीका लागि धेरै सजिलो हुने अस्पतालका मेडिकल निर्देशक डा. कृष्ण खनालको भनाई छ ।  उपचारका नाममा धेरै ठुलो रकम बाहिरिने तथ्य रहेको भन्दै लुम्बिनी प्रदेशका पुर्व स्वाथ्य मन्त्री माननिय विष्णु पन्थीले बुटवल हस्पिटल नीजि क्षेत्रको भएर पनि बुटवलका लागि गौरव रहेको बताए । उनंले तत्काल एक सय वेड संचालनको अनुमति प्रदेश सरकारले दिने भन्दै बुटवलमा बल्ल अस्पतालको जस्तो भवन निमार्ण भएको बताए । दुई वटा लिफ्ट, प्रशस्तै पार्किङ भएकोले विरामीहरुका लागि निकै सहज भएको छ । बुटवलमा आईसीयू अभावमा दैनिक विरामीहरु रिफर गर्नु पर्ने अवस्था रहेकोले त्यसको पूर्ति अब बुटवल हस्पिटलले गर्ने अपेक्षा गरिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij