२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

९औँ वार्षिकोत्सवमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा म्याराथन प्रतियोगिता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९औँ वार्षिकोत्सवको अवसरमा आज ७ किलोमिटर म्याराथन दौड आयोजना गरिएको छ। दौडमा प्रतिष्ठानका चिकित्सक, नर्स, शिक्षक तथा कर्मचारी गरी करिब २ सय जनाको सहभागिता रहेको थियो।

    दौड प्रतियोगिताको उद्घाटन प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा रामनारायण मण्डलले गर्नुभएको थियो। कार्यक्रमा प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्साल, डिन प्राडा कृष्णकुमार झा र अस्पताल निर्देशक सहप्राध्यापक डा। सुरेश रसाइली, बिभिन्न बिभागका प्रमुखलगायतको उपस्थितिमा म्याराथन सम्पन्न भएको हो।

     प्रतिष्ठानको बेसिक साइन्स भवनबाट सुरु भएको दौड घोराहीको तुलसीपुर चोक हुँदै गुलरिया पार्क पुगेर पुनः बेसिक साइन्स भवनमै आएर समापन भएको हो।

    दौडमा पुरुषतर्फ दिवाकर मल्ल प्रथम, बिनय चौधरी द्वितीय र विज्ञान शाही तृतीय भएका छन्। त्यस्तै महिलातर्फ पवन थापा प्रथम, पुष्पाञ्जली ठाकुर द्वितीय र अप्सना खातुन तृतीय भएका छन्।

    प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्रसँगै मेडलसमेत प्रदान गरिनेछ।

    यसैबीच प्रतिष्ठानको ९औँ वार्षिकोत्सवको औपचारिक समापन कार्यक्रम असोज २३ गते शुक्रबार हुने भएको छ। प्रतिष्ठान परिसरमा झण्डोत्तोलन गरिने तथा बिहान १० बजेदेखि सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव समापन गरिने प्रतिष्ठानका रजिस्ट्रार प्रा। श्याम लम्सालले जानकारी दिनुभयो।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij