२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

काभा महिला भलिबल : फाइनलमा भारतलाई हराउन सके नेपालले इतिहास रच्ने, प्रधानमन्त्री ओली खेल हेर्न जाने

काभा महिला भलिबल : फाइनलमा भारतलाई हराउन सके नेपालले इतिहास रच्ने, प्रधानमन्त्री ओली खेल हेर्न जाने

प्रधानमन्त्री ओली फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल सङ्घद्वारा जानकारी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाण्डौ ।  काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

    नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो ।

    अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । गएको शनिवार भएको लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

    आजको फाइनल खेलमा भारतलाई हराउन सके नेपाली महिला फुटबल टोलीले अर्को इतिहास रच्नेछ । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगेपनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो ।

    त्यस्तै सन् २०२३ को काभा महिला च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग पराजित हुँदा उपाधि गुमाएको थियो । कप्तान अरुणा शाहीले इरानसँग जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताइन । उनले यसका लागि भारतसँग आफ्नो टोलीले अझै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् । हामीलाई घरेलु समर्थकको पनि साथ हुँदा थप फाइदा पुग्ने उनको भनाई छ ।

    नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि जाने भएका छन् । प्रधानमन्त्री ओली फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल सङ्घले जनाएको छ । त्यसअघि तेस्रो स्थानका लागि दिउँसो दुई बजे इरान र श्रीलङकाबीच खेल हुनेछ ।

    काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान पाँच देश सहभागी भएकोमा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij