२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

मेयरमा हारेर सांसद बनेका आलम, पहिले मन्त्री अहिले राज्यमन्त्री

मेयरमा हारेर सांसद बनेका आलम, पहिले मन्त्री अहिले राज्यमन्त्री

मेयरमा हारेर सांसद बनेका आलम, पहिले मन्त्री अहिले राज्यमन्त्री

मेयरमा हारेर सांसद बनेका आलम, पहिले मन्त्री अहिले राज्यमन्त्री

मेयरमा हारेर सांसद बनेका आलम, पहिले मन्त्री अहिले राज्यमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • जनकपुरधाम । मधेश प्रदेशमा मङ्गलवार मुख्यमन्त्री सतिश कुमार सिंहले पाँच राज्यमन्त्री थपे । जसमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री मोहम्मद जैद आलम चर्चामा छन् ।

    पहिलो पटक क्याबिनेट मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बनेकाले उनको आलोचना भइरहेको छ ।

    पहिलो पटक ०७९ माघ २० मा जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।आलम रौतहट क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । उनी त्यसअघि राजपुर नगरपालिकाका मेयरमा पराजित भएका थिए ।

    मेयरमा पराजित भए पनि प्रदेश सांसदको टिकट पाएर निर्वाचित भएपछि त्यति बेला ‘भाग्यशाली’को रूपमा चर्चा पाए । अहिले उनै आलम ‘स्वार्थी नेता’ रहेको टीकाटिप्पणी भइरहेको छ ।

    राज्यमन्त्री आलमले पदभन्दा पनि कामलाई आफूले प्राथमिकता दिएको बताए । ‘स्वार्थी नेता’को रूपमा हेर्न नहुने भन्दै पार्टीको निर्णयलाई स्वीकार गर्नुपर्ने भएर राज्यमन्त्री बनेको बताए ।

    याे पनि हेर्नुहाेस्-

    प्रदेशमा सत्ताको चरम दुरुपयोग: मधेशमा १२ मन्त्रालय, २० जना मन्त्री ! प्रदेशमा सत्ताको चरम दुरुपयोग: मधेशमा १२ मन्त्रालय, २० जना मन्त्री !

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij