२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (प्रतिवेदनको पूर्णपाठ)

टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (प्रतिवेदनको पूर्णपाठ)

टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (प्रतिवेदनको पूर्णपाठ)

टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (प्रतिवेदनको पूर्णपाठ)

टीआरसीमा सहमति जुटाइएको मूल ४ विषय के-के छन् ? (प्रतिवेदनको पूर्णपाठ)
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाइएको छ ।

    सिंहदरबारमा एक कार्यक्रमबीच एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले प्रतिवेदन बुझाए ।

    गृहमन्त्री लेखक संयोजक रहेको कार्यदलमा एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य थिए । विवादित रहेका विषयमा गत बिहीबार सहमति जुटेसँगै विधेयकलाई चालू अधिवेशनबाटै पारित गर्न प्रमुख दल एकमत छन् ।


    खासगरी मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषा, मेलमिलापको लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वताका मृतक, घाइते, अपाङ्गता भएका सुरक्षाकर्मी र निजका परिवार, घटी सजायको मागदाबीजस्ता विषयमा सहमति गरी कार्यदलले ४ पृष्ठको प्रतिवेदन तयार पारेको थियो ।

    सहमतिअनुसार पीडकमाथि २५ प्रतिशतमात्र सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने भएको छ । त्यस्तै क्षमादानका लागि पीडितको सहमति अनिवार्य गरिने, द्वन्द्वमा घाइते सुरक्षाकर्मी, अंगभंग भएका परिवारलाई पनि परिपूरण दिनेबारे दलहरू सहमत भएका छन् ।

    trc-sahamati-1.pdf :To download file click here

    trc-sahamati-1.jpg

    trc-sahamati-2.jpg

    trc-sahamati-3.jpg

    trc-sahamati-4.jpg

    trc-sahamati-5.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij