२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

चुनावसम्म यही गठबन्धन रहन्छ - पौडेल

चुनावसम्म यही गठबन्धन रहन्छ - पौडेल

चुनावसम्म यही गठबन्धन रहन्छ - पौडेल

चुनावसम्म यही गठबन्धन रहन्छ - पौडेल

चुनावसम्म यही गठबन्धन रहन्छ - पौडेल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, जेठ १२ २०८१
शनिवार, जेठ १२ २०८१
  • चितवन । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताएका छन्।

    नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसलाई प्रतिपक्षमा राखेर चुनावमा लैजाने बताए।

    ‘कांग्रेस सधै सत्तामा रहँदा निर्वाचनमा गएको छ। एमाले सधैं प्रतिपक्षमा रहँदा निर्वाचनमा गएको छ। यसपालि कांग्रेसको नसिबमा ०८४ साल सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ,’ उनले भने, ‘यो गठबन्धन चुनावसम्मै जान्छ।’

    उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताए। तर यो समीकरणलाई तोड्न नदिइने उनले बताए।

    ‘गठबन्धन सरकारसँग डराएर कांग्रेस छटपटिएको र बेचैनी बढेको छ। संसदमा अलोकतन्त्रको हद देखायो। कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएक हुलहुज्जत गर्‍यो,’ उनले भने, ‘कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन। आगामी चुनावमा जसरी पनि परास्त पार्छौं।’

    पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतीबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गरे।

    कांग्रेसले बहुमतलाई बन्धक बनाएर संसदलाई अवरोध गरेको भन्दै संसद चलाउन सहमत नभए व्यवधान पन्छाएर अघि बढ्ने बताए।

    अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद अवरोधले बजेट ल्याउन समस्या हुने बताए।

    देश आर्थिक संकटमा रहेको बेलामा मिलेर बजेट ल्याउनुपर्नेमा कांग्रेसमा अवरोध गर्न खोजिरहेको उनले बताए।

    ‘नाराबाजीका बीचबाट बजेट ल्याउन पर्नसक्छ। मैले त त्यो अवस्था भोगेको छु,’ पाण्डेले भने, ‘अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने पनि हुनसक्छ। नत्र संबैधानिक संकट आउँछ।’

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij