बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने कार्यक्रम स्थगित भएकाे छ । नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएकाे थियाे ।
तर, मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाइएका कारण ओली फाइनल खेल हेर्न जाने कार्यक्रम स्थगित भएकाे हाे । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा अहिले ५ बजेदेखि सुरु हुँदै छ ।




