बुटवल । काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले हात पारेको छ।
नेपाल र भारत दुई, दुई सेटको बराबरीमा निकालेका थिए भने अन्तिम सेटमा भारत बिजयी भएसंगै उपाधी हात पारेको हो।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।
तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ ।
यस्तै पाचौ सेटमा १५-५ ले भारत बिजयी भएको छ।




