काठमाडाैं | नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा आजदेखि विभिन्न ११ वटा एजेन्डामा छलफल हुने भएको छ। हिजोदेखि शुरू भएको बैठकमा पेस भएका ११ एजेन्डामा आजदेखि छलफल हुने भएको हो ।
समितिको पहिलो बैठकले महासमिति बैठकबाट पारित प्रस्तावहरू, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, सय दिने सांगठनिक अभियान, अनुशासनको कारबाहीका लागि भएका सिफारिस सम्बन्धमा र पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति सम्बन्धीका एजेन्डाहरू अघि सारेको छ।
यिनै एजेन्डामा आजदेखि छलफल हुने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।




