कृष्ण पोखरेल
पाल्पा । नेकपा एमाले पाल्पाको १० औ जिल्ला अधिवेशनबाट ओम बहादुर घर्तिमगरको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी चयन भएको छ । अधिवेशनबाट एमाले उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज) उपसचिवमा दिपक विश्वकर्मा र महिला उपसचिवमा मिना जि.सी. चयन भएका छन ।
यसैगरी जिल्ला कमिटी सदस्यमा दलितमा ८ जना, जनजातीमा ८ जना, ४० बर्ष भन्दा मुनी उमेर युवा १६ जना, चयन भएका छन । यसैगरी महिला खुलामा ४ जना, मजदुर १ जना, अल्पसंख्यक १ जना, अपाङ्ग १ जना, मुस्लिम १ जन ाचयन भएका छन ।
यसैगरी खुला पालिका तर्फ निस्दी, पुर्वखोला, माथागढी, बगनासकाली, रिव्दीकोट र रैनादेवीछहरा गाउँपालिकामा पाँच ÷ पाँच जनाका दरले ३० जना, तिनाउ गाउँपालिकामा ३ जना, रम्भा गाउँपालिकामा ४ जना, रामपुर नगरपालिकामा ९ जना र तानसेन नगरपालिकामा १० जना जिल्ला कमिटी सदस्यमा चयन भएका छन ।
अन्तिम समय समयसम्म अध्यक्ष पदका लागी ओम बहादुर घर्ति र रामजी पोखरेलले दावी नछोड्दा सर्ब सम्मत नेतृत्वको लागी समय लम्विएको थियो । बर्तमान एमाले पाल्पाको नव निर्वाीचत कमिटीमा सचिवमा पोखरेल र सहसचिवमा विश्वकर्मा पुन दोहोरिएका छन ।




