२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

अलमलमा छु, नैतिकता देखाएर राजीनामा दिऊँ कि इमानको बाटोमा हिँडौँ ! : मन्त्री पाण्डे

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २४ २०८१
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर घोत्लिएको बताएका छन् ।

    संसदीय समितिमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

    “यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,” उनले भने, “मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन । मेरो नैतिकताको विषय यसमा जोडिएको छ ।  म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु । मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु । विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु । ”

    उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्यो सबै उस्तै रहेको बताए ।

    “संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ । म साधारण मानिस हुँ । म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,” उनले भने, “आफूप्रति म विश्वस्त छु । नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ । मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ! तथाकथित लोकप्रियताको काममात्रै हुने हो कि भन्ने पनि परेको छ ।  कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन । मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ ।”

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij