२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति

दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति

दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति

दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति

दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अनुमति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • काठमाण्डौ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासङ्घ (एएफसी) ले अनुमति दिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरेसँगै एन्फाको जवाफअनुसार दशरथ रङ्गशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जानकारी दिएको छ ।

    विभिन्न प्रश्न उठाउदै एएफसीले  केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । जसका कारण नेपाली टोलीले विश्वकप छनोट घरेलु मैदानमा खेल्न पाएन ।

    एएफसीले रङ्गशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गएको चैतदेखि राखेपले आफैले खेल मैदानको रेखदेख र संरक्षण शुुरु गरेको थियो ।

    त्यसअघि त्यो जिम्मेवारी राखेपले एन्फालाई दिएको थियो । यस बीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रङ्गशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको राखेपले बताएको छ ।

    दशरथ रङ्गशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्यालेन्ज लिग छनौटको प्लेअप अन्तर्गत नेपालको लिग च्याम्पियन चर्चब्वाईज युनाईटेड र भुटानको लिग विजेता पारो एफसीबीच खेल हुने भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij