२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

आम्दा अस्पतालको भवनलाई कांग्रेस नेताको नाममा नामाकरण  गर्ने निर्णयप्रति एमालेको आपत्ति

आम्दा अस्पतालको भवनलाई कांग्रेस नेताको नाममा नामाकरण  गर्ने निर्णयप्रति एमालेको आपत्ति

आम्दा अस्पतालको भवनलाई कांग्रेस नेताको नाममा नामाकरण  गर्ने निर्णयप्रति एमालेको आपत्ति

आम्दा अस्पतालको भवनलाई कांग्रेस नेताको नाममा नामाकरण  गर्ने निर्णयप्रति एमालेको आपत्ति

आम्दा अस्पतालको भवनलाई कांग्रेस नेताको नाममा नामाकरण  गर्ने निर्णयप्रति एमालेको आपत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा ) को प्रशासनिक भवनलाई नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामाकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ । साउन १६ गते बसेको अस्पताल व्यवस्थापन समितिको वैठकमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले उक्त प्रस्ताव पेश गरी निर्णय गराएका थिए । पाण्डेय अस्पतालको स्थानीय व्यवस्थापन समिति अध्यक्ष हुन् । उक्त समितिमा उपमहानगर प्रमुख पेदन अध्यक्ष,बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था छ । स्थानीय व्यवस्थापन समिति सेरेमोनियल भूमिकामा सहजिकरणको मात्रै काम गर्ने संयन्त्र भएपनि मेयर पाण्डेयले राजनीतिकरण गरी प्रशासनिक भवनको नाम सूर्यप्रसाद प्रधानसंग जोडेर राख्ने निर्णय गर्नु  अत्यन्तै त्रुटिपूर्ण निर्णय भएको एमाले नगर अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति जारी गर्दै भनेका छन् । ‘२० वर्ष पहिले निर्माण भईसकेको प्रशासनिक भवनलाई हाल आएर अमूक राजनितिक व्यक्तिको नाममा नामाकरण गर्ने अत्यन्तै त्रुटि पूर्ण निर्णय भएको छ,अतः पुरानो प्रशासनिक भवनलाई व्यक्तिसंग जोडेर नामाकरण गर्ने निर्णयप्रति हाम्रो पार्टीको गम्भिर असहमति रहेको व्यहोरा जानकारी गराँउदै उक्त अपरिपक्क निर्णय तत्काल फिर्ता लिई आम्दा अस्पतालको गुरुयोजना अनुसार सेवा विस्तार तथा प्रभावकारी सञ्चालनको काम अगाडि बढाउन हाम्रो पार्टी जोडदार माग गर्दछ’–विज्ञप्तिमा भनिएको छ । 

     २०५५ सालमा बुटवल ७ दिपनगरमा स्थापना भई सञ्चालनमा आएको अस्पताल जापानको आम्दा इन्टरनेशनल र नेपाल सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीय व्यवस्थापन समितिका उपाध्यक्ष एवं बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरिप्रसाद अर्यालले सूर्यप्रसाद प्रधानले अस्पताल स्थापनामा खेलेको भूमिकाको सम्मानका लागि प्रशासनिक भवन उहांको नाममा नामाकरण गर्ने प्रस्ताव नगर प्रमुख पाण्डेयले वैठमा ल्याएका र आम्दा नेपाल तथा आम्दा इन्टरनेसनलका प्रतिनिधिले पनि समर्थन गरेर निर्णय भएको बताए । उक्त समितिमा बुटवलका पुर्व मेयर पनि देन सदस्य हुने व्यवस्था छ ।  पुर्व मेयर शिवराज सुवेदी वैठकमा अनुपस्थित भएको मौका छोपेर अस्पताललाई राजनीतिकरण गर्ने गरी भएको निर्णय एमाले लगायत अन्य दललाई स्वीकार्य नहुने एमाले नगर अध्यक्ष ज्ञवालीले बताए । यस सम्ब्नधमा अन्य दलहरुसंग वैठक बसेर थप निर्णय लिइने उनले बताए ।
    यसअघि नगरप्रमुख पाण्डेयले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नाम गिरिजाप्रसाद कोइराला नामारण गर्ने निर्णय उपमहानरको कार्यपालिका वैठकबाट पारित गराएका थिए । तर नेकपा एमाले लगायतका दलले चर्को विरोध गरेपछि उक्त निर्णय कार्यान्वयन हुन सकेन ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij