२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सार्वजनिक सम्पत्ति हिनामिना गर्दिनँ : प्रधानमन्त्री ओली

सार्वजनिक सम्पत्ति हिनामिना गर्दिनँ : प्रधानमन्त्री ओली

सार्वजनिक सम्पत्ति हिनामिना गर्दिनँ : प्रधानमन्त्री ओली

सार्वजनिक सम्पत्ति हिनामिना गर्दिनँ : प्रधानमन्त्री ओली

सार्वजनिक सम्पत्ति हिनामिना गर्दिनँ : प्रधानमन्त्री ओली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । लायन्स क्लबले शनिवार काठमाडौँ आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

    देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिनका लागि आफू सदैव लागि परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे ।

    उनले आफूले जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्य तय गरेको अघि बढेको तर्क पनि गरे । प्रधानमन्त्री ओलीले आम जनताका आवश्यकतालाई पूरा गर्न आफूले काम गर्ने पनि बताए ।

    उनले भने,  ‘गरिबी छ । बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन् । चिन्ताको विषय यो हो । आफ्नो छोराछोरीले भोकले रुँदाखेरि केही दिन नसक्ने र तड्पिनुपर्ने आमाबुबाको मन कस्तो हुँदो हो ? हो त्यही अवस्थालाई परिवर्तन गर्नु छ हामीले । त्यसका निम्ति सुशासन दिनु छ । विकासको गतिलाई तीव्र ढङ्गले अघि बढाउनु छ । र देशलाई समृद्ध बनाउनु छ । आधुनिक बनाउनु छ, विकसित बनाउनु छ । र जैविक र मानवीय आवश्यकको सहज पहुँचमा मानिसहरूलाई पुर्‍याउनु छ । ’

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले लायन्सले मानवीय सेवाको क्षेत्रमा गर्दै आएको कामको पनि खुलेर प्रशंसा गरे । उनले लायन्सले इमानदार भएर मानवीय सेवाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै त्यसमा आफ्नो पनि सदैव साथ रहने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij