बासुदेव ढकाल - रामपुर,पाल्पा । पाल्पाको रामपुरमा राष्ट्रिय जनमोर्चा जिल्ला कमिटी पाल्पाले विरोध कार्यक्रम गरेको छ । संघियता खारेज, भ्रष्टाचार अन्त्य, महंगी नियन्त्रणको माग गर्दै बेझाँड बजार चोकमा विरोध कार्यक्रम गरेको हो ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोम कार्कीले मुलुकको ठूला भनिएका दलहरुले जनतालाई निराशा बाट मुक्त गर्न नसकेको बताए ।
राष्ट्र र राष्ट्रियताको लागि जनमोर्चा सदा लागि रहने उनले मुलुकको समसायिक घटनाक्रम बारे बोल्दै सरकारले रोजगारी सृजना गर्न नसक्दा युवाहरु विदेश पलायन हुन बाध्य भएको दोस लगाएका छन ।
राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी मुलुकमा जुन उद्देश्यका साथ बहुदलीय व्यवस्था ल्याईयो सो अनुसार मुलुक अघि बढ्न नसकेको भन्दै वैचारिक छलफल आवश्यक रहेको बताए।
कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य नरमता सिंजाली, जिल्ला अध्यष उमा सिंजालीले पनि आफ्नो धारणा राखेका थिए ।
राष्ट्रिय जनमोर्चा पाल्पाका उपाध्यक्ष मान बहादुर बयम्बुको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगर कमिटी उपाध्यक्ष राम बहादुर आलेको स्वागत र जिल्ला कमिटी सदस्य राम प्रसाद गैरेको सञ्चालनमा गरेका थिए। कार्यक्रम बेझाँड बजार चोकमा भएको थियो ।




