२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

कर्म अन्तै भए पनि जन्मस्थानतर्फ सेवा बढाउँदै

कर्म अन्तै भए पनि जन्मस्थानतर्फ सेवा बढाउँदै

कर्म अन्तै भए पनि जन्मस्थानतर्फ सेवा बढाउँदै

कर्म अन्तै भए पनि जन्मस्थानतर्फ सेवा बढाउँदै

कर्म अन्तै भए पनि जन्मस्थानतर्फ सेवा बढाउँदै
सोमवार, जेठ १४ २०८१
सोमवार, जेठ १४ २०८१
  • कृष्ण पोखरेल
    पाल्पा
    अहिले आम नेपालीहरुको जन्मथलो एकातिर, कर्मथलो अर्काे तिर, बसाई अर्काे तिर भइरहेको पाइन्छ । अधिकांश मानिसले आफ्नो जन्मथलोलाई बिर्सने गरे पनि केही व्यक्तिहरु भने आफ्नो जन्मथलोको विकास र सेवामा निरन्तर लागेको पाइन्छ ।
    वडा कार्यालय भुवनपोखरीको स्थानीय आयोजनामा र भुवनपोखरी–रुपन्देही सम्पर्क समाजको सहयोगमा  एकै पटक एक दर्जनभन्दा बढी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा जनताले गाउँ ठाउँमा निःशुल्क पाएका हुन् ।  आफ्नो जन्मस्थानमा, आफ्नै गाउँ ठाउँमा केही गराँै भन्ने हुटहुटि जागेकोले विभिन्न संघ संस्था, साथीहरुसँग समन्वय गरेर बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिएको शिविरका संयोजक एव सुगर प्रेशर थाइराईड दम पेट छाती रोज्ञ विषेशज्ञ लुम्बिनी प्रादेशिक अस्पतालका  चिकित्सक डा. प्रकाश  भट्टराईले बताए । 


    आफ्नो जन्मस्थान प्रतिको माया र ममताकै कारण विशेषज्ञ सेवासहितको  जनताले निःशुल्क स्वास्थ्य उपचार पाएका छन् । भुवनपोखरी–रुपन्देही सम्पर्क समाजले आफ्नो जन्मस्थानमा  केही सेवा काम गरौ भन्ने हुटहुटिको कारण  पाल्पाको भुवनपोखरीका जनताले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पाएका हुन् ।  समाजको समन्वय, लुम्बिनी प्रादेशिक अस्पताल, निरोग स्वास्थ्य क्लिनिक बुटवल, अस्मित फाउण्डेसन काठमाडाँैको सहयोगमा रैनादेवी छहरा गाउँपालिकाको समन्वय र वडा कार्यालय भुवनपोखरीको स्थानीय आयोजनामा विशेषज्ञसहितको स्वास्थ्य सेवा जनताले पाएका हुन् ।  पैसाको अभावमा रोगहरु लुकाएर बसेका, जनचेतना अभावको कारण नियमित स्वास्थ्य चेकजाँच नगरेको व्यक्तिहरुदेखि नियमित औषधि खाइरहेका व्यक्तिहरुले घरदैलोमै  रोगअनुसारको उपचार गर्न पाएका हुन् ।  लुकेर रहेका बिरामीहरुलाई औषधि उपचारको पहुँचमा ल्याउने, रोग लागिसकेपछि समयमै उपचार गर्नुपर्छ, पैसाकै कारण रोकिनु पर्दैन भनेर जनचेतना फैलाउने उद्देश्यले विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरिएको भुवनपोखरी–रुपन्देही सम्पर्क समाजका अध्यक्ष सीताराम भट्टराईले बताए ।  
    निःशुल्क वृहत् स्वास्थ्य शिविरमा सुगर, प्रेशर, थाइराईड, दम, पेट छाती रोग,  नाक, कान घाँटी रोग, प्रसूति तथा स्त्री रोग वालरोग, हाड जोर्नी, नशा, बाथ रोग, एक्सरे, भिडियो एक्सरे, इसिजी, मुटुरोग, फिजियो थेरापी, ल्याव सेवासहित विशेषज्ञ उपचारसहित औषधि पाउँदा जनताहरु खुसी भएका छन् । 


    निःशुल्क वृहत् स्वास्थ्य शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुगर, प्रेशर, थाइराईड, दम, पेट, छाती रोग विषेशज्ञद्धय डा. नन्दु पाठक, प्रकाश भट्टराई  नाक, कान घाँटी रोग विशेषज्ञ विवश पराजुली, रेडियोलोजिष्ट डा. सुरेन्द्र रायमाझी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्योति श्रेष्ठ, मेडिकल अफिसर डा. कल्पना न्यौपाने र डा.गोकुल पौडेलले प्रत्यक्ष रुपमा बिरामीको चेकजाँच गरेका थिए ।


     यसैगरी किर्तिपुर अस्पताल काठमाडौँका बालरोग विशेषज्ञ श्रीधर खनाल,  लुम्बिनी नर्सिङ होमका हाड जोर्नी, नशा, बाथ रोग विशेषज्ञ डा. हिरामणी पौडेल,  आम्दा अस्पताल बुटवलका बाल रोग विशेषज्ञ डा. अनिल खनाल, नवजीवन फिजियो रिहावका फिजियो थेरापिष्ट डा. मिलन केसीले जनताहरुलाई निःशुल्क रुपमा आवश्यकता अनुसारको उपचार सेवा प्रदान गरेर जनतालाई खुसी बनाएका छन् । 


    ‘मलाई लामो समयदेखि खुट्टाको घुँडा दुखेको थियो, डाक्टर राम्रोसँग चेकजाँच गरिदिनुभयो, पैसा पनि तिर्न परेन, दबाइ पनि निःशुल्क दिनुभयो,  अब सन्चो हुन्छ होला भन्ने विश्वास लागेको छ ।’ शिविरमा चेकजाँच गरेर फर्किएका बिरामी वीरबहादुर नेपालीले भने । 


    शिविरमा १ हजार २० जना  बिरामीले निःशुल्क रुपमा उपचार तथा औषधि सेवा पाएका छन् । पछाडि परेका वर्ग, आर्थिक अवस्था कमजोर भएका पक्ष, विशेषज्ञ सेवासम्म नपुगेका व्यक्तिहरुलाई लक्षित गरेर घरदैलोमै उपचार सेवा प्रदान गर्ने उद्देश्यले वडा कार्यालयको स्थानीय आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको वडाध्यक्ष प्रदिप पौडेलले बताए । आगामी दिनमा पनि वडा कार्यालयले स्वास्थ्य, कृषि, पशु, गाउँमा आवश्यकताअनुसारको शिविरहरु सञ्चालन गर्दै जाने वडा अध्यक्ष पौडेलले जानकारी दिए ।


    आफ्नो जन्मस्थानप्रति माया, सद्भाव बढाउन, पालिकाभित्र विकास र सेवाहरु बढाउन निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ ।  यस्ता कार्यक्रहरुलाई वडा–वडामा सञ्चालन  गर्न पालिकाले आवश्यक सहयोग र समन्वय सहकार्य गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । गाउँपालिकाले जनताको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको, स्वदेश तथा विदेशमा रहेका रैनादेवीछहरावासीसँग समन्वय, सहकार्य गरेर शिविर जस्ता नविन कार्यक्रमहरु सञ्चालन गर्दै जाने  अध्यक्ष भट्टराईले जनाए । 


    जन्मभूमि प्रतिको माया, सद्भाव अभियान हरेक पालिका, हरेक वडा–वडामा सञ्चालन गर्न जरुरी देखिन्छ । जसको कारण जनताले निःशुल्क रुपमा सेवा र विकास पाउने, सहयोगीहरुको मन खुसी र आनन्दमा  रमाउने गर्दछ । जन्मभूमिप्रतिको सद्भाव, मायाले यस्ता अभियानमा खर्च हँुदै आएको सरकारको करोडौ रकम अन्य क्षेत्रमा लगाउन सकिने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij