२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

टीआरसी विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनेको छ- देउवा

टीआरसी विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनेको छ- देउवा

टीआरसी विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनेको छ- देउवा

टीआरसी विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनेको छ- देउवा

टीआरसी विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनेको छ- देउवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन् ।

    बुधबार प्रतिनिधि सभाको बैठकलाई संवोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचिलत कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको भएको छ।’

    यो संसोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियालीरहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे । ‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले निकायलीरहेको छ,’ उनले भने, ‘यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले पनि स्वागत गर्ने हाम्रो विश्वास छ ।’

    उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij