२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

म सबैसँग मिलेर जान तयार छु : प्रचण्ड

म सबैसँग मिलेर जान तयार छु : प्रचण्ड

म सबैसँग मिलेर जान तयार छु : प्रचण्ड

म सबैसँग मिलेर जान तयार छु : प्रचण्ड

म सबैसँग मिलेर जान तयार छु : प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ३० २०८१
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सबैसँग मिलेर जान तयार रहेको बताएका छन्।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले जनतालाई अधिकार सम्पन्न बनाउन आफू सबैसँग मिल्न तयार रहेको प्रतिबद्धता जनाएका हुन्। प्रचण्डले दक्षिण एसियामा विकसित राजनीतिक घटनाक्रमले पनि एकअर्कासँग निषेध गरेर होइन, हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता थपिएको बताए।

    उनले भने, ‘म संविधानको रक्षाका लागि, जनताले प्राप्त गरेको उपलिब्ध रक्षाका लागि, लोकतन्त्रको सुदृढीकरणका लागि, जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि सबैसँग मिलेर जान तयार छु।’ प्रचण्डले परिवर्तन ल्याउने दलहरू समझदारीसाथ अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिए।

    उनले शान्ति सम्झौता गर्दा गरिएका प्रतिबद्धताअनुसार शासन सञ्चालन नहुँदा जनतामा निराशा छाएको बताए। प्रचण्डले भने, ‘अग्रगमनको सट्टा प्रतिगमन, सुशासनको सट्टा माफियाकरण, सामाजिक न्यायको सट्टा पीडकहरूलाई पुरस्कृत गर्न खोजिएको त हैन भन्ने प्रश्न यत्रतत्र उठेको छ।’

    संविधानसभामा गरिएको सहमति बिर्सन खोजिएको बताउँदै प्रचण्डले अहिले पनि केही नेताहरूले माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनिरहेको बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij