दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ ४ गते विश्वसकाे मत लिने भएका छन ।
लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ अाैं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वनसकाे मत लिने कार्यूसुचि रहेकाे प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए ।
साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले र कांग्रेसका ५६ जना प्रदेश सभा सदस्यकाे समर्थनमा नियुक्त भएका आचार्य नेतृत्व सरकारमा एमालेका पाँच र कांग्रेसका चार जना मन्त्री नियुक्त छन । सरकारलाई पूर्णता दिन अझै बाँकी छ ।
कांग्रेसबाट एक जना र दुई जना साना राजनीतिक दलबाट मन्त्री नियुक्त गर्ने तयारी छ । विश्वासकाे मत लिएर सरकारलाई पूर्णता दिने मुख्यमन्त्रीकाे तयारी छ ।




