२०८३, आश्विन २६ गते

Oct 12 2026

images
images

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन

सबै दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता : प्रदेश प्रमुख शेरचन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघिय लोकतान्त्रिक गणतन्त्रको बिकासका लागि सबै राजनीतिक दलहरुको सुदृढ राष्ट्रिय एकता आजको आवश्यकता भएको बताएका छन ।

    गणतन्त्र दिवसको अवसरमा आज मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले बलियो राष्ट्रिय समझदारी र सहकार्यले मात्र जनताले अनुभूत गर्ने गरी समाजवादको सपना पुरा हुने विश्वास व्यक्त गरेका छन ।

    “आजको दिन नेपाली जनताको जीत र सामन्ती राजतन्त्रको हार भएको दिन हो”, शुभकामना सन्देशमा भनिएको छ “जनताको बलमा प्राप्त भएको गणतन्त्रले संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशिता सहित जनताका अधिकारहरुलाई मौलिक हकको रुपमा संबिधानमा व्यवस्था गरिएका छन । नागरिकले यी अधिकारको समुचित उपयोग गर्न र संविधान अनुरुप आफ्ना कर्तब्यहरुको पालना गर्न सक्नु पर्दछ” ।

    प्रदेश प्रमुख शेरचनले राष्ट्रियता , जनजीविका र जनतन्त्रको उच्चतम उपयोग गर्न राष्ट्रिय औद्योगिकरण र आर्थिक सुदृढिकरण प्रमुख आवश्यकता भएकोमा जोड दिएका छन ।

    “सरकारले पहल गरेका बिकास पूर्वाधार, उर्जा, पर्यटन, शिक्षा र सुशासनका नीति, योजना र कार्यक्रमहरुले जनतालाई लाभान्वित हुने अवसर प्रदान गरेको छ” , शुभकामना सन्देशमा भनिएको छ “तर अझै बाँकी रहेका कामहरुको योजनावद्ध विकासबाट सफल हुन सक्नु पर्दछ । तबमात्र नेपालको सक्षम जनशक्ति र जनताले प्रगतिको अनुभूति गर्न सक्नेछन” ।

    प्रदेश प्रमुख शेरचनले त्यसका लागि तीनवटै तहले औद्योगिक बिकाससहित बिकासका सबै पक्षहरुमा समानुपातिक परिवर्तन ल्याउने योजना निर्माण गर्न आवश्यक रहेको समेत बताएका छन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij