२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई

स्त्री-२ को बक्स अफिसमा कीर्तिमानी कमाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१

  • काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ । रिलिजको पहिलो दिन विहिबार स्त्री-२ ले ५५ करोड ४० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

    फिल्मले बुधबार पेड रिभ्युबाट ९।४० करोड कमाई गरेको र विहिबार ५५ करोड ४० लाख गरि कुल ६४ करोड ८० लाख कमाई गरेको आदर्शले जानकारी दिएका हुन् ।

    योसंगै स्त्री-२ ले बलिवुडमा पहिलो दिन यसअघि पठानले ५५ करोड कमाएर राखेको किर्तिमान समेत तोडेको छ । पहिलो दिन पठान बाहेक एनिमलले ५४।७५ करोड कमाएको थियो भने केजीएफ-२ ले ५३।९५ करोड कमयेको थियो । त्यस्तै वारले ५१ करोड ६० लाख कमाएको थियो ।

    यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । 

    अमर कौशिकले निर्देशन गरेको स्त्री(२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij