२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तानसेनमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

तानसेनमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

तानसेनमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

तानसेनमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

तानसेनमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • पाल्पा
    अमूल्य सम्पदा, ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिलाई सिनेमाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाल्पाको सदरमुकाम तानसेनमा ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  २०८३ तयारी अन्तिम चरणमा पुगेको छ ।  दर्शकहरुले चलचित्र महोत्सवमा प्रर्दशन हुने जुनसुकै चलचित्रहरु  निःशुल्करुपमा हेर्न पाउने छन् । 


    तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा, कथा मण्डला, काठमाडौँ तथा सञ्चार मञ्च पाल्पाको संयुक्त आयोजनामा यही असोज २२ देखि २४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।  महोत्सव तानसेनको सन्तोष चलचित्र मन्दिरमा  गरिने छ  । बुद्ध जन्मस्थल लुम्बिनीका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रसँगै, लुम्बिनी प्रदेशका विविध किसिमका कला संस्कृति, भेषभुषा, रहन सहन, जातिगत पहिचान, खानपान, रहन सहन, खानपानलगायतका विविध विषयबस्तुमा विश्वस्तरका चलचित्रहरु महोत्सवमा देखाइने महोत्सवका संयोजक कथा मण्डलाका संयोजक पाण्डव खत्रीले जानकारी दिए । 


    सांस्कृतिक रूपमा समृद्ध तानसेनको भाषा, कला र सम्भावनालाई विश्वसामु उजागर गर्न यो महोत्सव आयोजना गर्न लागिएको, स्थानीयस्तरमा आफूहरुको पूर्ण सहयोग रहेको पाल्पा सञ्चार मञ्चका अध्यक्ष माधव अर्यालले बताए । महोत्सव केवल चलचित्र प्रदर्शन मात्र नभई, लुम्बिनी प्रदेश १२ वटै जिल्ला र  पाल्पाको मौलिक संस्कृति, खानपान, भेषभूषा र पर्यटकीय स्थलहरूमा आगामी दिनमा चलचित्र छायाङ्कनको वातावरण निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखिएको आयोजक कथा मण्डलाले जनाएको छ । यो अभियानले समग्र पाल्पाको आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पु¥याउने विश्वास आफूले लिएको पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बताए ।  


    महोत्सव अवधिभर नेपालसहित विश्वका विभिन्न देशका २६ वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा नेपाली फिचर कथानक चलचित्र, लघु कथानक चलचित्र, वृत्तचित्रका साथै अन्तर्राष्ट्रियस्तरका फिचर तथा लघु चलचित्रहरू समावेश छन् । चलचित्र छनोटमा सामाजिक महत्व, मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई मुख्य प्राथमिकता दिइएको छ । 
    चलचित्र प्रदर्शनपछि दर्शक र सम्बन्धित चलचित्रका निर्देशक, निर्माता तथा कलाकारहरूबिच प्रत्यक्ष संवाद गराइने कार्यक्रम रहेको छ ।  यसले दर्शकलाई सिनेमा निर्माण प्रक्रिया, विषयवस्तु र सिर्जनात्मक पक्ष बुझ्न मद्दत पुग्नेछ ।  यसका साथै लुम्बिनी प्रदेशको कला, संस्कृति, पर्यटन र समृद्धिका विविध विषयमा क्षेत्रगत विशेषज्ञ, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि र चलचित्रकर्मीहरूको सहभागितामा प्यानलगत छलफलहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ । 


    महोत्सव सम्पन्न गर्न करिब २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा स्वदेशी तथा विदेशी गरी ५ हजारभन्दा बढी दर्शक, चलचित्रप्रेमी र पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको तानसेन पर्यटन बोर्डका संयोजक एवं वडा नंं. ६ का वडाध्यक्ष सागरमान महर्जनले बताए । महोत्सव सिङ्गो लुम्बिनी प्रदेशकै साझा साँस्कृतिक उत्सव भएकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, विभिन्न संघ–संस्था र सञ्चार माध्यमको सहयोग र सहकार्यमा सम्पन्न हुने अपेक्षा आयोजक पक्षले गरेको छ । 


    चलचित्र महोत्सवमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरु, चलचित्रका नायकहरु निर शाह, शर्मिला मल्ल, धिरेन शाक्यलगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रम सञ्चारमञ्च पाल्पाका अध्यक्ष माधव अर्यालको अध्यक्षता र महासचिव रेखीराम रानाको सञ्चालनमा भएको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij