२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीमा एमालेले बोलायो संसदीय दलको बैठक, संसदीय नेताको विवाद टुंगो लाग्ला?

लुम्बिनीमा एमालेले बोलायो संसदीय दलको बैठक, संसदीय नेताको विवाद टुंगो लाग्ला?

लुम्बिनीमा एमालेले बोलायो संसदीय दलको बैठक, संसदीय नेताको विवाद टुंगो लाग्ला?

लुम्बिनीमा एमालेले बोलायो संसदीय दलको बैठक, संसदीय नेताको विवाद टुंगो लाग्ला?

लुम्बिनीमा एमालेले बोलायो संसदीय दलको बैठक, संसदीय नेताको विवाद टुंगो लाग्ला?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • बुटवल  । लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा एमालेको शनिबार संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको नेताको विवाद टुंगो लगाउने सांसदहरुले आंकलन गरेपनि नेताहरुले यसका विषयमा केही बोलेका छैनन् । मुख्यमन्त्री एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले शनिबार बुटवलमा दलको बैठक बोलाएको भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले बताए ।

    ‘भोलि संसदीय दलको बैठक मुख्यमन्त्रीज्यूले बोलाउनुभएको छ, एजेण्डाका विषयमा केही टुंगो लागेको छैन, विश्वासको मतको तयारी पनि गर्नुपर्यो, प्रदेश इन्चार्जसहित भोलि बसेपछि केही विषयको निचोड होला, अहिले एजेण्डा केही तय भएको छैन’ उनले भने ।

    साउन ७ गते एमालेले दलको नेता लिला गिरीलाई छाडेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै संसदीय दलका नेता गिरीले राजीनामा दिएका थिए । राजीनामापछि संसदीय दलको पहिलो पटक बैठक बस्न लागेको हो ।


    मुख्यमन्त्रीको बुटवलस्थित सम्पर्क कार्यालयमा शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सदस्यहरुले जनाएका छन् । यो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने र दलको नेता परिवर्तनको विषयमा छलफलको एजेन्डा हुनसक्ने आंकला नेताहरुको छ ।

    मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भएको छ । विश्वासको मतअघि नै दलको नेताको टुंगो लगाएर दलको तर्फबाट विश्वासको मतका लागि हृवीप जारी गर्नुपर्ने भएकाले बैठक आहृवान भएकोले शनिबारको बैठकबाट दल नेता परिवर्तन हुनसक्ने सांसदहरुको आंकलन छ । यो बैठकमा पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल पनि उपस्थित हुने नेताहरुले जनाएका छन् ।

    लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने शनिबारको दलको बैठकमा मुख्यमन्त्रीले भदौ ४ गते मंगलबार लिने विश्वासको मत मात्र एजेन्डा रहेको बताए । उनका अनुसार दल नेताले यसअघि दिएको राजीनामाको विषयमा शनिबार छलफल हुने र त्यसपछि सम्भवतः दल नेता लीला गिरीकै अध्यक्षतामा बैठक संचालन हुने उनले बताए ।

    एमाले संसदीय दलका नेता गिरीले आफूलाई अहिलेसम्म राजीनामा स्वीकृत वा अस्वीकृतको विषय र बैठकको बारेमा कुनै जानकारी नभएको जनाएका छन् ।

    लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij