२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, बैठकमा गिरि अनुपस्थित

एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, बैठकमा गिरि अनुपस्थित

एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, बैठकमा गिरि अनुपस्थित

एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, बैठकमा गिरि अनुपस्थित

एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य चयन, बैठकमा गिरि अनुपस्थित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • बुटवल । नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्। 

    आज बसेको एमाले लुम्विनी प्रदेश संसदीय दलको बैठकले लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो। 

    संसदीय दलका नेता रहेका पुर्वमुख्यमन्त्री लिला गिरीलाई किनारा लगाएर दलका उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि असन्तुष्ट गिरीले गएको साउन ७ गते संसदीय दलको नेताबाट राजिनामा दिएका थिए। 

    आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोज प्रसाद श्रेष्ठलाई चयन गरेको छ। श्रेष्ठ एमाले लुम्विनी प्रदेश कमिटी उपाध्यक्ष समेत हुन्। 

    त्यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सी प्रसाद चौधरी र रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ। चौधरी यस अघि पनि प्रमुख सचेतक थिए भने सचेतक रहेकी दाङकी रेखा शर्मालाई सचेतकबाट हटाएर यमुना रोका तामाङलाई चयन गरिएको हो। 

    लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसयता एमालेमा केही असन्तुष्टि देखिदै आएको छ। 

    मुख्यमन्त्री एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बैठक डाकेको आजको बैठकमा गिरी भने सहभागी भएनन्। 

    गिरीको पुर्व निर्धारित कार्यक्रम भएकोले रुपन्देही बाहिर भएकोले बैठकमा सहभागी नभएको गिरीको सचिवालयले जनाएको छ।

    एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी ईन्चार्ज समेत रहेकी एमाले सचिव पदमा अर्याललाई समेत सहभागी थिईन्। 

    मुख्यमन्त्री आचार्यले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आहृवान भैसकेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij