२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

न्यु लाइट फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षलाई

न्यु लाइट फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षलाई

न्यु लाइट फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षलाई

न्यु लाइट फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षलाई

न्यु लाइट फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षलाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा रहेको न्यु लाइट कलेज वि.वि.एस प्रथम वर्षमा अध्ययनरत  विद्यार्थीहरूकाे आयाेजनामा सञ्चालन गरिएको दुई दिने फुटसल टुनामेन्टकाे उपाधी बिबिएस दोस्रो वर्षले जितेको छ ।

     

     मोनाालिसा  फुटसल मैदान जानकीनगरमा कक्षा १२ व्यवस्थापन र बिबिएस दोस्रो वर्षका बिचमा भएको फाइनल खेलमा बिबिएस दोस्रो वर्षको समूह ६- १ गोल अन्तरले विजयी भएको छ। शुक्रबार एक समारोहका बिच उद्घाटन भएको खेलमा १० टिम सहभागी  भएका थिए । 


    प्रतिक ढकालकाे अध्यक्षता र सुधा खरालको सञ्चालन भएको समापन समारोहमा कार्यक्रममा  प्रमुख अतिथि कलेज प्रमुख रमेश ज्ञवालि तथा शैक्षिक संयाेजक राजेन्द्र कुवंर, अतिरिक्त त्रियाकलाप प्रमुख खेमराज खनाल, व्यवस्थापन संयाेजक विरेन्द राना लगायतले पुरस्कार  वितरण  गरे।


     च्याम्पियन टिमले नगद ६ हजार र सिल्ड  , मेडल तथा प्रमाण पत्र  प्राप्त  गरेका थिए भने उपविजेता  टिमले नगद ३००० मेडल तथा प्रमाण पत्र प्राप्त  गरेका थिए ।
    फुटसल प्रतियोगितामा हाइ स्कोरर सोनु खत्री , उत्कृष्ट  गोलकिपर समुद्र  भण्डारी  र म्यान अफ द म्याच किरण  सारु भएका थिए।


    २०६० सालमा खुलेको यस कलेजमा कक्षा ११ र १२ मा व्यवस्थापन  र शिक्षा संकाय तथा स्नातक  तहमा व्यवस्थापन  र शिक्षाशास्त्रको अध्यापन हुने गर्दछ।


    करिब  १००० भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने न्यु लाइट कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बधन प्राप्त चार बर्षे  बिबिएस तथ बिएड पहिलो वर्षमा भर्ना खुलेकोले समयमै आई भर्ना हुन कलेजका शैक्षिक  संयोजक  राजेन्द्र  कुँवरले  जानकारी  दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij