२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरुवात
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • काठमाण्डौ । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरुवात गरेका छन् । हिजो भएको पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विपलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । इपस्विपको घरेलु मैदानमा भएको खेलमा लिभरपुलका डियगो जोटा र मोहम्मद सलाहले समान एक/एक गोल गरे । त्यस्तै अर्को खेलमा आर्सनलका काई हाभार्ट र बुकायो साकाले गोल गरे ।

    जितसँगै लिभरपुल र आर्सनलले समान तीन अङ्क जोडेका छन् । त्यस्तै हिजो बेलुका नै भएको खेलमा ब्राइटनले एभर्टनलाई ३–० गोलले, न्यूक्यासलले साउथह्याम्पटनलाई १–० गोलले हरायो । नटिङघम फरेस्ट र बर्नमाउथले एक÷एक गोलको बराबरी खेलेका छन् ।

    गएराति भएको अर्को खेलका एस्टनभिल्लाले वेस्ट ह्यामलाई २–१ गोलले हराउँदै विजयी शुरुवात गरेको छ । इंग्लिस प्रिमियर लिगमा आज ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस तथा चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता टोली हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij