२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउँछौं : प्रधानमन्त्री ओली
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भलिबल खेलाडीको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आज बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग छलफल गर्दै उनले मनोबल उच्च बनाएर प्रदर्शन गर्दा सफलता मिल्ने बताएका हुन्।

    ‘तपाईँहरुलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ। आगामी खेलमा जित्छौँ जुन तपाईँहरुको मनोबल छ, त्यो साकार होस्।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस्। सफलता पक्कै मिल्नेछ।’

    एमाले अध्यक्ष समेत रहेका ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए। प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराएका थिए। 

    women-volleyball_SNwOEI3Nyi_vOIGG1O7uq.jpg

    प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना  लुकेको उल्लेख गरे। 

    प्रधानमन्त्री ओली र खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।null प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग भएको भलाकुसारीले आफूहरुलाई उत्साहित तुल्याएको उनीहरुले बताएका थिए। उनीहरुले पुरस्कारका लागि आभार व्यक्त गरे। प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij